ज्योतिका ग्राहकलाई टिस्टुङ रिसोर्टमा छुट
काठमाडौं । ज्योति विकास बैंकले मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५ प्रतिशत र बेभरेजमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
हालै बैंकले काठमाडौंस्थित ट्रान्सक्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटमा हरेक सेवा तथा सुविधामा ग्राहकलाई ३० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने सम्झौता गरेको थियो । साथै, संगम स्विट्सको कमलपोखरी आउटलेटमा १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ एटिएममार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।